भक्तपुर। प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भइ हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी छन्।
प्रहरीले उनीहरुको साथबाट तीन लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल दुई थान, २२० सिसिको पल्सर मोटरसाइकल एक थान र पर्स दुई थानसमेत बरामद गरेको छ।
उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भइ हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा लुटपाट गरी फरार भएका थिए।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुवैलाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट पक्राउ गरेको हो।