आईपीएलमा हैदरावाद विजयी

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

मंगलबार राति युएईमा भएको खेलमा हैदरावादले दिल्लीलाई १५ रनले हराएको हो। हैदरावादको यो पहिलो जित हो भने दिल्लीको पहिलो पराजय हो।

हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा दिल्ली निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रनमा समेटियो। हैदरावादका लागि राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए।

दिल्लीका कप्तान श्रेयस अय्यरले १७, शिखर धवनले ३१ बलमा चार चौकाको मद्दतमा ३४, ऋषभ पन्तले २८, सिमरन हेटमायरले २१, मार्कस स्टोइनिसले ११ तथा कगिसो रबाडाले १५ रन बनाए।

अन्य सम्बन्धित समाचार:  बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त प्रदर्शनमा

यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनायो। हैदरावादका कप्तान डेभिड वार्नरले ३३ बलमा ४५, जोनी बेयरस्टोले ४८ बलमा दुई चौका र एक छक्काको मद्दतमा ५३, केन विलियम्सनले ४१ तथा अब्दुल समदले ७ बलमा १२ रन बनाए।

दिल्लीका लागि कगिसो रबाडाले चार ओभरमा २१ रन खर्चिएर दुई विकेट लिए। यस्तै अमित मिश्राले पनि चार ओभरमा ३५ रन खर्चिएर दुई विकेट लिए।