विराटनगर। विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान कोरोनाबाट ज्यान गएको हो।
कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए। उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।
ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। योसँगै प्रदेश १ मा कोरोनाबाट १९ महिला र ४९ पुरुषसहित कुल ६८ जनाको ज्यान गएको छ।