भारतका उपराष्ट्रपति नायडूलाई कोरोना

एजेन्सी। भारतका उपराष्ट्रपति वेंकैया नायडू कोरोना भाइरसबाट संक्रमित भएका छन्।

उनी मंगलबार कोरोनाबाट संक्रमित भएका हुन्। नायडूमा कोरोनाको कुनै लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

नायडूलाई घरमै क्वारेन्टिनमा बस्न सल्लाह दिइएको छ। उनकी पत्नी ऊषा नायडूको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

अन्य सम्बन्धित समाचार:  नाइजेरियामा बन्दुकधारीले सात जनाको हत्या गरे