एजेन्सी। विश्व बरियतामा चौथो नम्बरमा रहेकी चेक गणतन्त्रकी कारोलिना प्लिस्कोभा फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन्।
उनले पहिलो सेटमा इजिप्टकी मायार शरिफसँग पछि परेर पनि जित निकालेकी हुन्।
२८ वर्षीया प्लिस्कोभाले शरिफलाई ६–७, ९–११०, ६–२ र ६–४ अंकले पराजित गरिन्।
अमेरिकी खेलाडी सोफिया केनिन पनि दोस्रो चरणमा प्रवेश गरेकी छिन्। २१ वर्षीया ककेनिनले रुसकी लुड्मिला साम्सोनोभालाई ६–४, ३–६ र ६–३ अंकले हराइन्।
अब प्लिस्कोभाले विश्व नम्बर ४३ लात्भियाकी जेलेना ओस्तापेन्कोसित दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने छिन्।