धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

धरान। कोरोना भाइरसको संक्रमणबाट धरानमा सप्तरीका संक्रमितको मृत्यु भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीको राजविराज–४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो। उनी असोज ९ गते अस्पताल भर्ना भएका थिए।

ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले धरान रेफर गरेको थियो। उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

मिर्गौलाका रोगी उनी नियमित डायलसिस गराउँदै आएका थिए।

अन्य सम्बन्धित समाचार:  मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने