काठमाडौँ। प्रहरीले अपहरण गरेको अभियोगमा डेविड भनिने दुर्गा बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलबार काठमाडौंबाट उनलाई पक्राउ गरेको हो।
मलेसियमा बसेर गुन्डागर्दी गर्ने तथा अपहरणको उजुरी परेपछि नेपाल आएको समयमा उनलाई पक्राउ गरिएको व्यूरोका डिआइजी सहकुल थापाले बताए।
डेविडमाथि १५ लाख रुपैयाँ फिरौती मागेको अभियोग छ। पक्राउ परेका श्रेष्ठ मलेसियमा रेष्टुरेष्ट तथा डान्सबार सञ्चालन गर्दै आएका छन्।
उनले काठमाडौंको दरबारमार्गमा समेत रेष्टुरेष्ट सञ्चालन गर्ने तयारी गरिरहेका थिए।