कोरोनाको रुसी खोप मंसिरदेखि नेपालमा उपलब्ध हुने

काठमाडौं। रुसले बनाएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफल भएमा आगामी मंसिरदेखि नेपालमा पनि उपलब्ध हुने भएको छ।

रूसले बनाएको कोरोनाविरुद्धको स्पुतनिक खोपको हाल तेस्रो चरणको परीक्षण चलिरहेको छ। यसको सफल परीक्षण भएमा नेपालमा पनि ल्याउने सहमति भएको हो।

रसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच परीक्षण क्रममा रहेको खोप सफल भए मंसिरको दोस्रो साता खोप नेपाल ल्याइने सहमति भएको छ।

रुसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टोबर पहिलो साता अर्थात् यही असोज तेस्रो साता प्रयोगको अनुमति पाउनेछ। एक महिनाअघि खोप ल्याउने सहमति भएको हो।

परीक्षण क्रममा रहेको खोप नेपालले पनि बुक गरेको ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु