कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द

काठमाडौं। कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार अन्य कर्मचारीमा पनि लक्षण देखिएकाले सेवा बन्द गरिएको हो।

कार्यालय भने खुला नै रहने उनले बताए। निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी गरिँदै आएको थियो।

अन्य सम्बन्धित समाचार:  जर्मनीमा प्रतिबन्धहरु खुकुलो पारिँदै