काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ हजार ५७ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ५ हजार ४ सय २८ जना क्वारेन्टाइनमा बसेका छन्।
पछिल्लो २४ घण्टामा ७ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म जम्मा १० लाख २१ हजार ५ सय ३ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।