खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु

दिपक महरा, बैतडी। खर काट्ने क्रममा बुधबार भिरबाट लडेर बैतडीमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्।

आमाबुवासँगै खर काट्न गएका धामीको बुधबार बिहान ११ बजेतिर स्थानीय कुलीवान भिरबाट लडेर ज्यान गएको सिगास गाउँपालिका वडा नं २ का वडाध्यक्ष प्रेम सिंह धामीले जानकारी दिए। भिरबाट लडेर करिब २०० मिटर तल खसेका धामीको घटनास्थलमै मृत्यु भएको हो।

अन्य सम्बन्धित समाचार:  भागरथी घटनाः बढुवा भएका प्रहरीलाई दज्र्यानी चिह्न