आज आईपीएलमा कलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै

एजेन्सी। आज आईपीएलमा दुई बलिया टोली राजस्थान रोयल्स र कलकत्ता नाइट राइडर्स भिड्दै छन्। नेपाली समयअनुसार ७ः४५ मा सुरु हुने उक्त खेल दुबई खेल मैदानमा हुने छ। दुईमध्ये एक खेल पनि नगुमाएको राजस्थान निकै बलियो स्थानमा रहेको छ भने कलकत्ताले पनि २ खेलमा १ खेल जित्दै बलियो स्थितिमै उभ्याएकाे छ।

सुरुको तीन खेलमा तीन वटैमा जित हात पारेको राजस्थानले २०१५ मा प्रतियोगिता नै जितेको थियो भने २०१६ मा टोली म्याच फिक्सिङ प्रकरणमा आईपीएलबाट निष्कासित भएको थियो।

केही दिनअघि राहुल तेवतियाको विस्फोटक पारीको मद्दतले टोलीले आईपीएलकै सबैभन्दा ठूलो लक्ष्य पनि भेटाएको थियो। राजस्थानले सुरुको दुई खेल शारजाहमा खेलेको थियो जहाँ पहिलो खेलमा २१६ रन बनाउँदा दोस्रो खेलमा २२४ रन पछ्याएको थियो। अब भने उक्त मैदानभन्दा टोलीले निकै ठूलो मैदानमा खेल्ने छ।

अन्य सम्बन्धित समाचार:  रोमाञ्चक जितसँगै बार्सिलोना फाइनलमा

शारजाहमा जति बढी रन पनि नबने मैदानमा स्पिनरले पनि निकै महत्वपूर्ण भूमिका खेल्नेछन्। शारजाहमा भएको खेललाई आधार नमान्ने हो भने पनि राजस्थानको बलिङ निकै उत्कृष्ट भने रहेको छैन। टोलीका भारतिय तिव्र गतिका बलर जयदेव उनादकट निकै महँगो सावित भएका छन्।

रणजी ट्रफीमा सर्वाधिक विकेट लिएका उनले आईपीएलमा विकेट लिन भने बाँकी नै छ। पञ्जाबविरुद्ध चार ओभर पनि बलिङ नगरेका उनको सट्टा खेल्न सक्ने वरुन एरोन पनि निकै महँगा बलर हुन्। एरोन बाहेका टोलीमा कार्तिक त्यागी र अभिषेक सिंह पनि रहेका छन्।

मुम्बईसँग हारेको पहिलो खेलको पीडा भुल्दै कलकत्ताले हैदराबादविरुद्ध भने सहज जित हासिल गरेको थियो। अइन मोर्गन, शुभमन गिल र नितिश रानाकाे उत्कृष्ट ब्याटिङका मद्दतले हैदराबादले दिएको लक्ष्य टोलीले सजिलै हासिल गर्यो‍। सुनिल नारायणलाई विस्फोटक ब्याट्सम्यानका रुपमा प्रयोग गर्ने रणनीतिले काम नगरेपछि टोलीले अर्कै केही सोच्ने बेला आएको छ। तर पनि उनी धेरै बल नखेली आउट हुनाले कलकत्ताले उनलाई नै ओपनर ल्याउन पनि सक्नेछ।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः टुसाल र नयाँबस्ती बराबरीमा रोकिए

टोलीका लागि स्पिनरको खडेरी भने रहेको छ। सुनिल नारायण र कुलदीप यादव टोलीमा रहे पनि दुवैले विकेट भने लिन सकेका छैनन्। पियुष चावलाको अभाव स्पिन विभागमा देख्न सकिन्छ। राजस्थानका लागि अलराउन्डर बेन स्टोक्स अझै टोलीमा छैनन्।

चोटका कारण बाहिरिएका स्टोक्स अक्टोबरमा खेलमा फर्किन सक्ने छन्। यी दुई टोलीबीच भएको खेल हेर्ने हो भने राजस्थान र कलकत्ता दुवैले लगभग उत्ति नै जित हात पारेका छन्। त्यसैले यो खेलमा कसले जित हात पार्छ भनेर यत्तिकै भन्न मिल्ने अवस्था भने छैन।