वामदेव गौतमविरुको रिटको सुनुवाइ शुक्रबारका लागि सर्‍याे

काठमाडाैं। नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ।

बुधबार बहस गर्दा गर्दै समय सकिएकाले आउने शुक्रबारसम्मका लागि सुनुवाइ लम्बिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो। स्रोतका अनुसार बुधबार रिट निवेदक र विपक्षी दुवै पक्षबाट बहस भए पनि कानुन व्यवसायीको बहस नसकिएकाले उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको हो।

चुनाव हारेका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि गएको ५ गते अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ति नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसपछि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले वामदेव गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो।

अन्य सम्बन्धित समाचार:  बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो: माधवकुमार