वि.सं. २०७७ आश्विन १५ गते बिहीवारको राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

आज:  भद्रा १२ः३४ बजेसम्म। पूर्णिमा व्रत (अनलापून्हि)।

आज जन्म दिन पर्ने सबै दर्शक तथा पाठक महानुभावहरुलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

मेषः   चोटपटक एवं स्वास्थ्य समस्या देखिने, मालसमाज हराउने वा क्षतिखति हुनसक्ने भय पनि छ ख्याल गर्नुहोला। केही विपरित फलको बाबजुत आकस्मिक लाभको पनि योग देखिएको छ।

वृषः   दिन मध्यम फलकारक रहेको छ। बढी चाहना गरेको विशेष काममा अबरोध आएपनि दैनिक काम तथा व्यवसायबाट उन्नति प्रगति हुनजाने छ। कसैको भरोसा नगरेकै राम्रो हुनेछ।

मिथुनः   विशेष काममा विशेषै व्यक्तिको कारण अवरोध नआउला भन्न सकिन्न। रपनि मान पदप्रतिष्ठा एवं इज्जत र उच्च तहसँगको संपर्क बढ्ने छ। केही महत्त्वाकांक्षा एवं शक्तिको उन्माद् पनि बढ्ने छ।

कर्कटः   स्वास्थ्यमा सुधार आउने छ। व्यवसाय, पेशा तथा कर्मक्षेत्रमा उन्नति प्रगति हुनेछ। धार्मिक आध्यात्मिक कार्य संपादन गर्न सकिने छ। सामाजिक एवं संस्थागत कार्यमा सहभागी हुनपाइने छ।

सिंहः   स्वास्थ्य समस्याले दुःख दिनेछ। कामकार्यमा पनि अबरोध आउने संभावना छ। औषधि सेवन एवं खानपान आदिमा ध्यान दिनु होला। यात्राादि र व्यवहारमा पनि सावधानी अप्नाउनु उचित हुनेछ।

कन्याः  व्यापार वृद्धि हुनेछ। दाम्पत्य सुख मिल्ने छ। तर, कसैकसैलाई कपट प्रेमको लफडा पर्नसक्ने भय रहेको छ। परिस्थिति अनुसारको यात्रा हुनसक्ने छ। चोट्पटक आदिको पनि खतरा देखिन्छ, ख्याल गर्नुहोला।

तुलाः  केही बिघ्नताको बाबजुत स्वास्थ्य बलियो भएर आउने छ। पौरख एवं विशेष काममा पराक्रम गर्नसकिने समय छ। खेलकुद् तथा शारीरिक प्रतिस्पर्धाजन्य कामकार्यमा अग्रता मिल्ने छ।

वृश्चिकः  केही आलोचनाको सामना गर्नपर्ने अवस्थाको बाबजुत शुभ समाचार प्राप्त हुनेछ। विद्यार्थीले अध्ययनमा प्रगति गर्नसकिने छ। सन्तानको स्वास्थ्यमा सुधार आउने छ। सन्तोष एवं सुख मिल्नेछ।

धनुः  सहकर्मीबीच असमझदारीको बाबजुत स्वकर्मशील कर्मयोगीहकमा अप्रत्यासितरुपमा काम बनेर लाभ एवं उपलब्धि हात लाग्ने खालको रहेको छ। साथ सहयोग पनि मिल्ने छ।

मकरः  दिन आंशिक अनुकूल रहेको छ। विशेष मानिएको काममा अवरोध आउने छ। व्यवसायिक उन्नतिप्रगति हुन गई आर्थिक लाभ पनि मिल्ने छ। राम्रै कामकार्यको जमर्को हुनेछ।

कुम्भः  केहीहद्सम्म कामकार्यमा प्रगति भई आर्थिक लाभ हुने ग्रहगोचर देखिन्छ। कुटनैतिक कुटुम्बिक सम्बन्ध बढ्ने छ। नाककान घाँटीको समस्या नदेखिएला भन्न सकिनन। ढुकुटी वृद्धि हुनेछ।

मीनः   मिष्ठान्न भोजनमा जुट्ने दिन रहेको छ। रपनि आक्रोश, चोटपटक, रीशरागको संभावनालाई पनि नकार्न सकिन्न। यात्राादि र स्वास्थ्यको ख्याल गर्नुहोला। दाम्पत्य एवं प्रेम सम्बन्ध सुदृढ हुनेछ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल

आफ्नो भाग्य, भविष्य, अध्ययन, विदेश, प्रेम तथा विवाह, सन्तान, पेशा, व्यापार बिजनेश, व्यवसाय, जागिर, स्वास्थ्य, आवासीय एवं व्यापारिक भवनहरूको वास्तु परीक्षण लगायतका मानवजीवनसँग जोडिने विभिन्न आयामहरूको बारेमा ज्योतिषीय तथा वास्तु परामर्श र नयाँ तथा पुराना रोगहरूको आयुर्वेदिक उपचाको लागि ज्यो. दीपक सुवेदी गुरुलाई ९८५११३१७४७, ९८४१२२३१२६, ९८०३८७९९७८, ०१४५३१७४७ मा संपर्क गरी एपोइन्टमेन्ट लिएर भेट गर्नसक्नु हुनेछ।

गुरुको युट्युबः Forecast Television ईमेलः [email protected] ,फेसबुक पेजः https://www.facebook.com/astrologerdeepakguruji  रहेको छ।