एजेन्सी। गरिब राष्ट्रका लागि विश्व बैंकले कोभिडविरुद्धको भ्याक्सिन किनिदिने भएको छ। उक्त प्रयोजनका लागि १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ।
निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वासका साथ विश्व बैंककले यस्तो निर्णय लिएको हो।
बैंकले बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउनासाथ भ्याक्सिन किनिदिनेछ। उसले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ।