भागबन्डामा तीन विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौं। सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भागबन्डा मिलेपछि सरकारले तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ।

सरकारले पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा डा प्रेमनारायण अर्याल, नेपाल संस्कृत विश्वविद्यालयमा प्रा डा यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई उपकुलपतिमा नियुक्त गरेको हो।

पोखरा विश्वविद्यालयमा उपकुलपति बनेका अर्याल नेपाली कांग्रेस निकट हुन्।

संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछाने प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्।

यस्तै कृषि तथा वन विज्ञानका उपकुलपति बनेका रेग्मी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन्। तीनै विश्वविद्यालयमा एक वर्षदेखि उपकुलपति रिक्त थियो।

अन्य सम्बन्धित समाचार:  महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ