आईपीएलमा कोलकाता नाइट राइडर्स विजयी

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ।

कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो। पहिले ब्याटिङ गरेको कोलकताले ६ विकेटको क्षतिमा १७४ रन बनायो। उसका लागि शुममान गिलले ४७, आन्द्रे रसेलले २४ तथा इयान मोर्गानले अविजित ३४ रन बनाए।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए। एक सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र जोड्यो।

राजस्थानका लागि टम कुराले अविजित ५४, राहुल टेवाटियाले १४ तथा जोस बटलरले २१ रन बनाए।

कोलकताका शिभम् मावी, कमलेस नगरकोटी र वरुण चक्रवर्तीले दुई दुई विकेट लिए। चार ‌ओभरमा २० रन खर्चिएका शिभम् प्लेयर अफ दि म्याच भए।

अन्य सम्बन्धित समाचार:  जबरजस्ती बन्ध्याकरण गराइएको २५ वर्षपछि क्षतिपूर्तिको लागि लडिरहेका महिला

आईपीएलमा बिहीबार राति किंग्स ११ पञ्जाव र मुम्बई इन्डियन्सबीच खेल हुनेछ।