२५ किलो चरेशसहित बझाङका दुई जना पक्राउ

भावना पाैडेल, डडेलधुरा। प्रहरीले २५ किलो लागुऔषध (चरेश) सहित बझाङका दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको वित्थडचिर गाउँपालिका–२ लिम भन्ने स्थानमा लुकाएर राखेको अवस्थामा प्रहरीले २५ किलो चरेससहित बझाङ बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआईटी) बाट प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेश बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

चरेससहित पक्राउ परेका दुवै जनालाई अहिले प्रहरी चौकी वित्थडचिरमा राखिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बानेश्वर वृतकी प्रहरी हवल्दार ११ लाख घुससहित प्रकाउ