आज पनि घट्याे सुनचाँदीकाे भाउ

काठमाडाैं। आज बिहीबार सुनचाँदीको भाउ घटेको छ।

सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ।

चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग