अब दैनिक ६१ वटा आन्तरिक उडान हुने

काठमाडौं। नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ। यात्रुको चापलाई मध्यनजर गर्दै विभिन्न एयरलाइन्सले माग गरेअनुसार प्राधिकरणले दैनिक ६१ वटाका दरले हुने गरी उडान तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको उडान तालिका अनुसार धेरै उडान बुद्ध एयरका रहेका छन्। बुद्ध एयरले दैनिक २५ वटा उडान मागेकोमा प्राधिकरणले २९ वटा उडान गर्नका लागि अनुमति दिएको बताइएको छ। यतीले १५ उडान माग गरेकोमा १५ वटै उडान गर्न पाउने भएको छ। श्री एयरले यसअघि ६ वटा उडान गर्दै आएकोमा दैनिक १२ वटा उडान गर्न पाउने भएको छ।

यस्तै, सिम्रिकले दैनिक २ तथा ताराले काठमाडौं लुक्लाका लागि ३ वटा र फाफ्लुका लागि भने हप्तामा ३ वटा उडान गर्न पाउने भएको छ। समिट एयरले लुक्लाको लागि दैनिक २ र मुस्ताङ जोमसोमका लागि हप्तामा ५ वटा उडान गर्ने अनुमति पाएको छ। यस्तै, सिता एयरले काठमाडौं ताप्लेजुङका लागि २ र लुक्लाको लागि एउटा उडान गर्न पाउने पाएको छ।

अन्य सम्बन्धित समाचार:  नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुले यात्रुको चापलाई मध्यनजर गरेर उडान संख्या थप्न माग गरेपछि उनीहरुको माग अनुसार उडान तालिका सार्वजनिक गरिएको बताइएको छ।