परीक्षा नियन्त्रकलाई कोरोना: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय सिल

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई कोरोना संक्रमण भएपछि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय सिल गरिएको छ। कार्यालयमा कम्तीमा आइतबारसम्मको लागि सबै काम रोकिने जनाइएको छ।

कोरोना पुष्टि भएपछि परीक्षा नियन्त्रक जाेशी भने हाल होम आइसोलेसनमा बसेका छन्। उनका अनुसार आइतबारदेखि के गर्ने भन्ने निर्णय भएको छैन। असोज ६ गते विश्वविद्यालयमा परीक्षा सञ्चालनको विषयमा भएको बैठकमा धेरै मानिसको जमघट भएको र सोही समयमा आफूमा कोरोना सरेको हुनसक्ने उनले बताए।

बैठकमा उपस्थित आइओमको डिन डा. दिव्या सिंहलाई कोरोना पोजिटिभ देखिएपछि जोशीसहित विश्वविद्यालयका अन्य अधिकारिले पीसीआर परीक्षण गराएका थिय। तर अन्यमा भने कोरोना देखिएको छैन।

अन्य सम्बन्धित समाचार:  तीन लाख ४८ हजार डोज कोभ्याक्सको खोप आज नेपाल आउँदै