काठमाडाै।
ऐतिहासिक रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको छ। वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको हो।

मन्दिरको शिरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ। ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।