पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ जनामा काेराेना: ११ जनाकाे मृत्यु

संक्रमित

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ सय ६१ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ५ हजार ७७ जना क्वारेन्टाइनमा बसेका छन्।

पछिल्लो २४ घण्टामा ११ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म जम्मा १० लाख ३३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  विप्लव पक्षसँग वार्ता भएको छिट्टै टिभीमा देख्नुहुनेछः प्रधानमन्त्री ओली