कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि कञ्चनपुरका दुई बैंक सिल

इन्दु धामी, कञ्चनपुर। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कञ्चरपुरको बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंक  एक साताका लागि बन्द भएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो।

कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पीसीआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिए।

“बैंक अफ काठमाडौँका कर्मचारी काठमाडौँबाट फर्केपछि उनमा ज्वरो देखियो”, वडाध्यक्ष ढकालले भने, “पीसीआर चेकजाँच गर्दा नतिजा पोजेटिभ आएपछि अन्य कर्मचारीको पीसीआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन्।”

अन्य सम्बन्धित समाचार:  भागरथी हत्याका आरोपितको तेस्रोपटक म्याद थप

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ। कोरोनाको संक्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टाइनमा छन्।