काेराेनाबाट सप्तरीमा थप एक संक्रमितको मृत्यु                     

शुभ नारायण यादव,सप्तरी। काेराेना संक्रमणबाट सप्तरीमा आज थप एक जनाकाे मृत्यु भएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका वडा न. ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे।
अस्पतालको आईसीयूमा कक्षमा उपचाररत ती पुरुषकाे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए। उहाँका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गाैला रोगको समस्या रहेको थियो।
कोराेनाबाट हालसम्म सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
अन्य सम्बन्धित समाचार:  एक सय ६५ सांसदले कोरोनाको खोप लगाए