करको दर र अन्तःशुल्क घटाउने सरकारको घोषणा

काठमाडौं। सरकारले करको दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आर्थिक ऐन, २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तःशुल्क घटाउने निर्णय गरिएको बताए।

उक्त व्यवस्था बिहीबार राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको छ। त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ क को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।

तेजाब पीडितको नाम र फोटो प्रकाशित गरी सहायोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैरकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो। यस्तै मुख्य सचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गरिएको छ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठकः फागुन २३ गते संसद बोलाउन सिफारिस गर्ने निर्णय

यस्तै डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्स्वाना, केन्या, कंगो, तान्जानिया, जाम्बिया, जिम्बाब्बेलगायतका देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ।