एजेन्सी।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाईरसको संक्रमण पुष्टी भएकाे छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई काेराेना भएकाे जानकारी ट्वीट मार्फत गराएका हुन्।
यसअघि, आफ्ना नजिकका सहयोगीलाई संक्रमण पुष्टि भएलगत्तै ट्रम्पको पनि पीसीआर परीक्षण गरिएको थियो।
उनीसँगै प्रथम महिला मेलानी ट्रम्प पनि आईसोलेसनमा बसेकी छिन्। ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड पोजिटिभ देखिएपछि ट्रम्प दम्पत्तिको पनि परीक्षण गर्दा पोजिटिभ देखिएको हो।
पछिल्लो समय चुनावी प्रचार प्रसारका क्रममा ट्रम्प र हिक्स टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेर ओहायो पुगेका थिए।