बुटवल। प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो।
त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने छ प्रदेश नं ५ का एक प्रदेशसभा सदस्यले जानकारी दिए।