रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देही। रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहीबार राति ११:५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी गराए।

स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै यस अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण