मोरङमा एम्बुलेन्सभित्रै दुई कोरोना संक्रमितको मृत्यु

मोरङ। मोरङमा दुई कोरना भाइरसबाट संक्रमितको एम्बुलेन्सभित्रै ज्यान गएको छ।

सुनसरीको खनार र सिरहा सुकीपुरका दुई पुरुष संक्रमितको उपचारका लागि शुक्रबार बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल लैजाने क्रममा एम्बुलेन्स भित्र नै मृत्यु भएको हो।

खनारका ९२ वर्षीय वृद्ध तथा सुकीपुरका ५५ वर्षीय पुरुषलाई उपचारका गर्न अस्पताल पुर्‍याउन नपाउँदै दुवै जनाको ज्यान गएको हो। खनारका वृद्धमा तीन दिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बस्दै आएका थिए। श्वासप्रश्वासमा समस्या आए पछि मात्र उनलाई अस्पताल लगिएको थियो।

यसैगरी सिरहाका सुकीपुरका पुरुष सोमबारदेखि नै नोबेल शिक्षण अस्पतालमा उपचाररत थिए। बिहीबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि विराट शिक्षण अस्पताल लगिएको हो। उनी उच्च रक्तचाप, दम र मधुमेह रोगबाट पीडित थिए।

अन्य सम्बन्धित समाचार:  खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री