अवैध लागुऔषध ‘पोल्याण्ड’ सहित भक्तपुरका एक युवक पक्राउ

भक्तपुर। करिब २ सय ८५ ग्राम अवैध लागुऔषध पोल्याण्ड सहित बिहीबार राति प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ ब्यासी कालीघाट बस्ने ३१ वर्षीय श्याम कृष्ण लासिवा छन्।

लासिवाको घरमा लागुऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले घर तलासी लिने क्रममा उक्त पोल्याण्ड सहित फेला पारी उनलाई  पक्राउ गरेकाे हो।

त्यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१ पुरानो बजारबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँमा डेरा गरी बस्ने २३ वर्षीय गणेश राउत र सोही उपमहानगरपालिका-९ रोहिणी मार्ग बस्ने ४३ वर्षीय निरज भट्टराई रहेका छन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राउतको कोठाबाट नियन्त्रित लागूऔषध १७ बोतल डाइलेक्स डिसी, २ सय ४० क्याप्सुल स्पामो टोक्सिभन र भट्टराईको घरबाट ४ वट्टा नाइट्रोजन क्याप्सुल, ३ बोतल डाइलेक्स डिसी, ६६ क्याप्सुल स्पामो र नगद ९७ हजार रुपैयाँ सहित दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।