बाजुरा। बाजुरामा खोलामा बगेर शुक्रबार एकै परिवारका ५ जना बेपत्ता भएका छन्।
हिमाली गाउँपालिका ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा स्थानीय धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपाली, उनकी तीन छोरी तथा एक छोरा रहेका छन्।
उनीहरु शुक्रबार दिउँसो नुहाउन खोलामा गएका थिए। नुहाउने क्रममा चार छोराछोरी आमासहित बगेको प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले जानकारी दिए।
बगेर बेपत्ता भएका पाँचै जनाको प्रहरीले खोजी गरिरहेको छ।