कञ्चनपुर: राँगाको मासु खाँदा १४ जना बिरामी

कञ्चनपुर। कञ्चनपुरमा राँगाको मासु खाँदा एउटै गाउँका १४ जना बिरामी भएका छन्। बुधबार बेलुका राँगाको मासु खाएका भीमदत्त नगरपालिका–१३, बडैपुरका १४ जना स्थानीय बिरामी भएका हुन्। उनीहरु सबैलाई पखाला लागेपछि बिहीबार राति महाकाली अस्पतालमा भर्ना गरिएको छ।बिरामी हुनेमा बडैपुरका सहवीर तामाङ, उनकी श्रीमती लक्ष्मी तामाङ, दुई छोरा हरिष र चेतन तामाङलगायत रहेका छन्। प्रहरीले मासु बिक्री गर्ने भीमदत्त नगरपालिका-१२ का बंगला भनिने जीत चदारोलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

चदारोले घरमै पाडो काटेर आफूले खाएको र अरुलाई पनि मासु बिक्री गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर थापाले बताए।

अन्य सम्बन्धित समाचार:  ललितपुर सहित ९ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुँदै, तालिकासहित