बलिउड: शाहरुख खान र अर्जुन रामपाल समेत लागुऔषध सम्बन्धी छानबिनमा

एजेन्सी। बलिउड अभिनेता शाहरुख खान र अर्जुन रामपाल समेत बलिउड लागुऔषध दुर्व्यसनी तथा ओसारपसार सम्बन्धी छानबिनमा जाेडिएका छन्। यी दुवै अभिनेता लागुऔषध सेवनमा स‌‌लग्न हुनसक्ने शं‌का नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले गरेकाे भारतीय मिडियाले जनाएका छन्।

एनसीबीको सोधपूछमा लागुऔषध तस्करले शाहरुख खान, अर्जुन रामपाल र डिनो मोरियाको नाम लिएको दैनिक भास्करले ‘एक्सक्लुसिभ’ भन्दै लेखेको छ। अर्जुनले शाहरुखलाई लागुऔषध सप्लाई गर्ने गरेको पनि उल्लेख छ। यसअघि अभिनेत्रीहरु दीपिका पादुकोण, रकुलप्रीत सिंह, श्रद्धा कपुर र सारा अली खान एनसीबीको छानबिनमा तानिइसकेका छन्।