अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना

एजेन्सी। कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ।

संक्रमण पुष्टि भएको २४ घण्टा नहुँदै ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। ट्रम्पलाई उपचारका लागि वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टर लगिएको छ।

उनलाई ज्वरो आएको छ। उनले शुक्रबार आफू र प्रथम महिला मिलानिया ट्रम्पको कोभिड–१९ परीक्षण पोजेटिभ आएको बताएका थिए।

अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ। चुनावको मुखैमा ट्रम्पमा कोरोना देखिएको छ।

नोभेम्बर ३ मा चुनाव हुँदैछ। ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  साउदीका युवराजको आदेशमा पत्रकार खशोग्गीकाे हत्या