नाडाल फ्रेन्च ओपनको प्रिक्वाटर फाइनलमा

एजेन्सी। राफायल नाडाल फ्रेन्च ओपन टेनिसको प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन्।

इटालीका स्तेफानो ट्राभालियालाई पराजित गरेर नाडाल प्रिक्वाटर फाइनलमा प्रवेश गरेका हुन्।

नाडाल कीर्तिमान बिस्तार गर्ने १३ औँ फ्रेन्च ओपन उपाधिको होडमा छन्। ३४ वर्षीय नाडालले २८ वर्षीय ट्राभालियालाई ६–१, ६–४ र ६–० अंकले हराए।

नाडालले अब सेबास्टियन कोर्डासित प्रतिस्पर्धा गर्ने छन्।

छनोट चरणबाट आएका २० वर्षे अमेरिकी खेलाडी कोर्डा पछिल्लो ९ वर्षमा छनोट चरणबाट आएका मध्ये चौथो चरणमा पुग्ने पहिलो खेलाडी बनेका छन्।

उनले स्पेनका पेड्रो मार्तिनेजलाई ६–४, ६–३ र ६–१ अंकले पराजित गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले अदालतमा पेस गरेका मुख्य पाँच बुँदा