रौतहटमा बालिकाको हत्या

रौतहट। रौतहटमा शुक्रबार साँझ एक बालिकाकोे हत्या भएको छ।

गढीमाई नगरपालिका १ समनपुर टोलकी सञ्जा साहको हत्या गरिएको हो।

बृन्दावन नगरपालिका ४ हरैया पल्टुवा टोलमा मामाको घरमा बस्दै आएकी साहको हत्या भएको हो। शुक्रबार बिहान घाँस काटन गएकी उनी साँझ अबेरसम्म घर नआएपछि खोज तलास गर्दा उखुबारीमा मृत भेटिएकी थिइन्।

प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने बताए। शव परीक्षणपछि थप कुरा थाहा हुने उनले बताए।

घटनाबारे अनुसन्धान थालिएको छ। रौतहटमा एक महिनायता ४ जनाको हत्या गरिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रहरीले सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने