आईपीएलमा सनराइजर्स हैदरावाद विजयी

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ।

हैदरावादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको हो।

पहिलो खेलमा जित निकालेको चेन्नई त्यसपछिका तीन खेलमा पराजित भइसकेको छ। चेन्नई २ अंकसहित अंक तालिकाको पुछारमा छ। हैदरावाद भने चार खेलबाट चार अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ।

युएईको दुबईमा टस जितेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनायो। कप्तान डेभिड वार्नरले २८, मनिष पाण्डेले २९, केन विलियमसनले ९, प्रियम गार्गले अविजित ५१ तथा अभिषेक शर्माले ३१ रन बनाए।

बलिङतर्फ चेन्नईका दिपक चाहरले २ विकेट लिए।

अन्य सम्बन्धित समाचार:  बी डिभिजन लिगः खुमलटारको जीत

एक सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि रविन्द्र जडेजाले ५० तथा कप्तान महेन्द्रसिंह धोनीले अविजित ४७ रन बनाए।

बलिङतर्फ हैदरावादका टी नटराजनल २ तथा भुवनेश्वर कुमार र अब्दुल समादले एक एक विकेट लिए।

आइपिएलमा शनिबार दुई खेल हुँदैछन्। रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच पौने चार बजे तथा दिल्ली क्यापिटल्स र कोलकता नाइटराइडर्सबीच पौने आठ बजे खेल हुनेछ।