हुम्ला। हुम्लामा पर पुरुषसित सम्बन्ध राखेको आरोप लगाउँदै श्रीमतीको कपाल मुडेर कालोमोसो दलेर दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिमकोट गाउँपालिकाकी २३ वर्षीया महिलालाई शुक्रबार अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई पक्राउ गरिएको हो।
डिएसपी सूर्य सुवेदीका अनुसार पक्राउ परेका सातै जनाले अपराध स्वीकार गरेका छन्।
पीडित महिलाको उद्धार गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। आरोपित र पीडित महिलासित बयान लिने काम भइरहेको उनले बताए।