सुरेश थापा
झण्डा र झोला कति बोक्छौ पार्टी
सधैँ बेइमानी कति रोक्छौ पार्टी
अन्याय अत्याचारले सीमा नाघ्दा
अझै गुणगान कति घोक्छौ पार्टीको?
देशको पनि ख्याल गर युवा मित्रहरू
जुलुस र नारा कति खोक्छौ पार्टी
विगत सात सालदेखि वर्तमानसम्म
तराजुमा युवा कति जोख्छौ पार्टी
सकिसके देशको सिंगो शरीर हेर
फालेको हड्डी कति टोक्छौ पार्टी