अमेरिकामा बस्ने कार्की दम्पतीद्वारा छाेराकाे जन्मदिनमा विपन्न परिवारलाई राहत

रामेछाप। अमेरिकामा बसोबास गर्दै आएका राजनध्वज कार्की र अरूना कार्कीले रामेछापका विपन्न परिवारलाई खाद्यान्न सहित राहत सामग्री उपलब्ध गराएका छन्।

आफना छोरा आयानध्वज कार्कीको जन्मदिनका अवसरमा कार्की दम्पतीले लकडाउन र निषेधाज्ञाका कारण काम गर्न नपाएका रामेछाप लिखु तामाकोशी गाउँपालिकाका ३५ विपन्न घर परिवारलाई राहत उपलब्ध गराएका हुन्।

नजिकिँदै गरेको चाडबाडमा दैनिक ज्यालादारी र मजदूरी गरेर साँझबिहानको गुजारा गर्दै आएका विपन्न वर्गका परिवारले लकडाउन र निषेधाज्ञाका कारण भोकै बस्नु र सुत्नु नपरोस् भनी नपाली कांग्रेसका पुराना नेता समाजसेवी रामकुमार खड्काको हातबाट चामल, दाल, नुन र तेल वितरण गरिएको थियो।

लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका कार्की दम्पतीले समय समयमा जिल्लाका विभिन्न विद्यालयहरूमा शैक्षिक सामाग्री पनि वितरण गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते