काठमाडाैं। बहराइनका राजकुमारसहितको टोलीले लुबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ। बहराइनका राजकुमारसहितको टोलीले बिहान आठ बजेर ५० मिनेटमा सफलतापूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ।
सोलुखुम्बुमा रहेको लुबुचे हिमाल ६ हजार १ सय १९ मिटर अग्लो रहेको छ। नेपालमा सन् २०२० को यो पहिलो हिमाल आरोहण हो। १५ जना बहराइनी र तीन जना बेलायतीसहित भदौ ३१ गते काठमाण्डौ आएको टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको पनि अनुमति पाएको छ।