काेराेना अपडेट: २ हजार १२० संक्रमित थपिए, ८ जनाकाे मृत्यु

संक्रमित

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २ हजार ४४ जना कोरोनाबाट निको भएर फर्किएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ। अब नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेकोमा ती सबै आइसोलेसनमा रहेका र तीमध्ये ४ हजार २ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन्।

पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा हालसम्म जम्मा १० लाख ६१ हजार ६ सय ६४ जनाको पीसीआर परीक्षण भएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम