गजल: मिल्ने भए

Prabhu Bank

 

Saftey Pads

सोम्नु राई

आफ्नो आयु आफैंले हेर्न मिल्ने भए

किन दुख्थ्यो यो मुटु फेर्न मिल्ने भए

हुरीको दियोजस्तै किन बाँच्नुपर्थ्यो

दु:खहरु निचोरेर बेर्न मिल्ने भए

 

किन मर्थे मान्छेहरु आत्महत्या गरी

चर्किएको मनलाई फूलले घेर्न मिल्ने भए

चिताबाटै चियाएर हेर्थ्यो होला मान्छे

को को रोए मर्दा भनी हेर्न मिल्ने भए।

Maruti Cement