प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना पुष्टि

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। रिमालले ट्विटरमार्फत आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका हुन्। उनले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेका छन्। केही दिनअघि उनका प्रेस सल्लाहकार सूर्य थापालाई पनि काेराेना पुष्टि भएकाे थियाे।

 

अन्य सम्बन्धित समाचार:  तारकेश्वरमा फेरि देखियाे बर्डफ्लु