देवराज कार्की
घाटमा चिता जल्यो
उठ्यो धुवाँको मुस्लो लिएर गयो कति
लायो खायो त्यति मात्रै पायो
दुनियाँ लुटेर किन बिगार्यो मति।
धन कमाए मैले धेरै भनेर
जति धक्कु लगाए पनि जीवनभरी
लगाएको लुगासम्म फुकालेर
नाङ्गै लेटाउछ्न् चितामा पनि।
सम्पति जति नै होस् उसमा
नम्रता स्वाभिमान छैन भने
अगाडि भलाकुसारी गर्छ
ओझेलमा पर्दा बिगार्छ मति।
मलाई सम्पतिको पछि भाग्नु छैन
बाँच्न पाइयोस् स्वाभिमानले सधैभरी
खान लाउन सामान्य बरु
कृति राख्न पाइयोस् मृत्युपछि रहने गरी।
मरेर चितामा लेटाउँदा धुरुधुरु रुन्छन् आफन्त मलामी
तर सुन्दैन चिताको लाश केही
धनी होस् कि गरीब उसको मृत्यु अनिवार्य हुन्छ
तर किन बुझ्दैनन् मान्छे सत्य त्यही।