प्रधानमन्त्रीकाे सचिवालयका चार जनालाई काेराेना पुष्टि

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल र प्रेस सल्लाहाकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ। रिमाल र थापा दुवैले फेसबुक मार्फत आफूहरुलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन्।

दुवै जनाले हिजो पीसीआर परीक्षण गराएका थिए। उनीहरु दुवैले आफूहरुसँग सम्पर्कमा आएकालाई विशेष ख्याल गर्न आग्रह गरेका छन्।

यस्तै विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ। यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना पुष्टि भएको थियो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि