चिनियाँ राष्ट्रपति सी द्वारा ट्रम्पको स्वास्थ्यलाभको कामना

काठमाडाैं। चिनियाँ राष्ट्रपति सी जिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। चिनियाँ राष्ट्रपति सी ले कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेको द ग्लोबल टाइम्सले जनाएको छ। शुक्रबार दिउँसो कोरोना पुष्टि भएपछि ट्रम्पलाई अस्पताल लगिएको थियाे।

व्हाइट हाउसकाे विज्ञप्ति अनुसार स्वास्थ्य सावधानीको लागि उनलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको छ। कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ। उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो।

अन्य सम्बन्धित समाचार:  नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज खोप