काठमाण्डाै – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्समाथि ८ विकेटकाे जित निकालेकाे छ। राजस्थानले दिएकाे १५५ रनकाे लक्ष्य ५ बल बाँकी छँदै पूरा गर्दै बेङ्ग्लोरले खेल जितेकाे हाे। जितका क्रममा विराट काेहलीले अविजित सर्वाधिक ७२ तथा देवदत्त पाड्डिकलले ६३ रनकाे याेगदान दिए। बलिङ तर्फ पाड्डिकलकाे एक मात्र विकेट जाेफ्रा आर्चरले लिए।
स्टिभ स्मिथ ५ र सञ्जु सामसन ४ रनमा आउट भए। राजस्थानलाई मध्यम स्कोरमा समेट्न बेङ्ग्लोरका यजुवेन्द्र चाहलले तीन विकेट लिए।
आजकाे खेलपछि राजस्थान ४ खेलमा दुई जित र २ हारसहित चार अंकका साथ तालिकाको छैठाैं स्थानमा झरेकाे छ भने बेङ्ग्लोर ४ खेलमा ती जित्दै ६ अंकका साथ पहिलाे स्थानमा उक्लिएकाे छ।
आईपीएलमा आजै राति पौने ८ बजे दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्नेछन्। दिल्ली तालिकाको दोस्रो स्थानमा छ भने कोलकत्ता तेस्रो स्थानमा छ।