सरगम भट्टराई
ए डाक्टर !
तिमी त एउटा नाथे डाक्टर मात्र
किन देशका बीभत्सका अवशेष खोज्
अनसन तोड, घर जाऊ
खुरुखुरु नीजि क्लिनिक चलाऊ
गरीबहरुका हाड गलाऊ
भनसुनको मनसुनलाई नरोक
खाईपाई आएकाको मुखमा आगो नझोक
किन तिमी सधै सत्याग्रह गर्छौ?
यहाँ त दुराग्रह चलिरहेको छ
बिधि मिच्नेहरु छ्यास छ्यास्ती
तिम्रो मृत्यु पर्खेर बस्नेहरु
तिम्रा मुटु रोकिएको हेर्न आतुर
तर तिमी न मर्छौ
न टसमस् गर्छौ
न माफ़ माग्छौ, न हार्छौ
न माफ़ गर्छौ
धेरैको नजरमा भगवान भए पनि
केहीको नजरमा घटिया भएछौ
डाक्टर ! तिमी त माफ़िया रहेछौ।
तिमी त महामूर्ख रहेछौ
न आफू कमाउँछौ
न कमाउन दिन्छौ
न एक्लै रमाउँछौ
न केहीलाई रमाउन दिन्छौ
तिम्रो सत्याग्रहलाई झूठ सावित
धेरै तुफानहरु चलिरहेछन्
तिमी विधि भन्छौ
यहाँ विधि हेर्नेहरुका गिदी खरा
उनीहरु आफू मर्दैनन्
भूईंमान्छेहरु मार्छन्
तर तिमी त
हुरीमा पनि धपधपी बलिरहेकै छौ
न हिंसा नै गर्छौ
न आफ्नो कुनै चिन्ता नै गर्छौ
अनि किन लाखौँको सलेदो बनेका छौ
तर केही मुठ्ठीभरका नजरमा
डाक्टर ! तिमी त माफ़िया रहेछौ
तिमीले तलब बोकेर ओखती गर्न झर्
यहाँ त देशको क्षति गर्नेहरु छन्
तिमी झाड़ापखाला रोक्न दुर्गम हिँड्छौ
यहाँ जरो जँचाउन सिंगापुर उड्
देशको ढुकुटी खान्छन्
ढ्यार्र डकार्छन्
अनि उल्टो तिमीलाई हकार्छन्
जनमत नमान्ने यो नाथे को?
तिमीलाई बेइमान सावित गर्न
तिम्रो इमानमा बेइमान भर्न
अचेल हुलका हुल लागेका छन्
किनकि
तिनीहरुको झूठको खेतीको
तिमी असिना बनेका छौ
भूईंमान्छेको ईश्वर भएर पनि
तिमी भ्रष्टको नजरमा घटिया रहे
डाक्टर ! तिमी त माफ़िया रहेछौ।
ए मूर्ख डाक्टर !
जनताको छोरा डाक्टर हुनुपर्छ भन्ने तिमी को?
कर्णालीमा अस्पताल खोल भन्ने ति
न्याय माग्न अनसन बस्छौ
अन्याय फाल्न अनसन बस्छौ
कसैलाई रोक्न अनसन बस्छौ
तर लुट्नेहरु लुटेकै छन्
तिम्रै आँखाअघि मान्छे लुटिएकै
बरु जाऊ लुट्न जाऊ तिमी पनि
बनाऊ आफ्नो इमारत
भुलिदेऊ तिम्रो निष्ठा
हामी सम्झने छौँ:
एकादेशमा एउटा पागल डाक्टर थियो
लड्दा लड्दा थाक्यो
ए डाक्टर !
तिमी त भ्रष्टहरुको गजलमा
मिल्दै नमिलेको क़ाफ़िया रहेछौ
त्यसैले त भ्रष्टहरुको नजरमा
डाक्टर ! तिमी त माफ़िया रहेछौ